रामेछाप। रामेछापको भटौली केन्द्रविन्दु भएर आज दिउँसो भूकम्पको गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो २:१४ मिनेटमा रामेछापको भटौली आसपासमा केन्द्रविन्दु भई ४ म्याग्निच्यूडको भूकम्प गएको हो ।
यसअघि यही १ असोजका दिन पूर्वी रुकुम र बाग्लुङको सीमा क्षेत्र पातिहाल्ने भञ्ज्याङ केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।