Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुनको मूल्य तोलामा १२०० रुपैयाँले वृद्धि

सुनको मूल्य तोलामा १२०० रुपैयाँले वृद्धि

शुक्रवार , आश्विन १०, २०८२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रति तोला १२०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख २२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो प्रतितोला २ लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077