Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेप्से २.३५ अंकले घट्यो, कारोबार पनि घट्यो

नेप्से २.३५ अंकले घट्यो, कारोबार पनि घट्यो

बिहिवार , आश्विन ९, २०८२

काठमाडौं । नेप्से परिसूचक २.३५ अंकले घटेको छ । बिहीबार ०.०८ प्रतिशत घटेर २६५२ विन्दुमा बन्द भएको छ । यसदिन तीन अर्ब २६ करोड रुपैयाँ सेयर खरिदबिक्री भएको छ ।

दसैँ नजिकिँदै जाँदा लगानीकर्तामा सेयर खरिदबिक्री गर्ने उत्साह घटेको देखिन्छ । कारोबार रकम पनि दैनिक घट्दै गएको छ । बुधबार चार अर्ब १२ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । मंगलबार पाँच अर्ब २९ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको थियो ।

आज १०७ कम्पनीको सेयर मूल्य बढेको छ । १३९ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य स्थिर छ। हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ । यो कम्पनीको २२ करोड १३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

कारोबारमा आएका १३ मध्ये चार समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, युनियन हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, कालिका पावर, लुम्बिनी विकास बैंक क्रमशः अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077