Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेप्से ५८.६३ अंकले बढ्यो, घट्यो कारोबार

नेप्से ५८.६३ अंकले बढ्यो, घट्यो कारोबार

मंगलवार , आश्विन ७, २०८२

काठमाडौं । नेप्से परिसूचक आज ५८.६३ अंकले बढेको छ । नेप्से परिसूचक २।२३ प्रतिशतले बढेर २,६८२.२५ विन्दुमा बन्द भएको छ ।

कारोबार रकम भने घटेको छ । पाँच अर्ब २९ करोड २७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । आइतबार नौ अर्ब १७ करोड ९५ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

आज २३८ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १४ कम्पनीको सेयरमूल्य घटेको छ ।

सप्तकोसी डेभलपमेन्ट बैंक र जोशी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेको छ । आज नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ ।

यस कम्पनीको ३८ करोड ६८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077