Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा २ लाख २१ हजार नाघ्यो

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा २ लाख २१ हजार नाघ्यो

मंगलवार , आश्विन ७, २०८२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार मात्रै अघिल्लो दिनको तुलनामा सुनको मूल्य ३ हजार ९०० रुपैयाँ बढेको हो ।

योसंगै मंगलबार सुनको मूल्य तोलामा २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ । आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन सोही सुनको मूल्य प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँ थियो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ६६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ६८० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077