Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको कति ?

सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको कति ?

सोमवार , आश्विन ६, २०८२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार तोलामा ७०० रुपैयाँले बढेर हालम्मकै उच्च विन्दुमा पुगेको छ ।

यस दिन सुनको मूल्य तोलाको दुई लाख १७ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार पनि सुन प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा खरिद-बिक्री भएको थियो ।

यस्तै चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । चाँदीको मूल्य एकैदिन तोलामा ४० रुपैयाँले बढेको महासंघले जनाएको छ ।

चाँदी प्रतितोला दुई हजार ६६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला दुई हजार ६२० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077