Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जेनजी प्रदर्शनपछि नेगेटिभ सर्किट ब्रेक लागेको सेयर १११ अंकले बढ्यो

जेनजी प्रदर्शनपछि नेगेटिभ सर्किट ब्रेक लागेको सेयर १११ अंकले बढ्यो

आइतवार , आश्विन ५, २०८२

काठमाडौं । जेनजी प्रदर्शनपछि नेगेटिभ सर्किट ब्रेक लागेको नेप्से आइतबार १११ अंक बढेसँगै नेप्से परिसूचक २६२३ अंकमा कायम भएको छ ।

अघिल्लो दिन २५११ अंकमा झरेको थियो । तर आइतबार भने ४.६१ प्रतिशतले बढेसँगै कारोबार रकम समेत ९ अर्ब १७ करोड पुगेको छ।

२ करोड कित्ता खरिदबिक्रीमा उक्त परिमाणको कारोबार भएको छ। २२४ कम्पनीको मूल्य बढ्दा २८ को घट्यो । निर्जीवन बीमा बाहेकका सेक्टर बढेका छन् ।

निर्जीवन बीमा ४.०२ प्रतिशत घट्यो । सिन्धु विकास बैंक, भूगोल इनर्जी डेभलपमेन्ट, गुडविल फाइनान्ससहित ९ वटाको सेयरमा पोजिटिभ सर्किट लागेको छ।

तर सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सिटिजन्स म्युचुअल फन्ड २, हिमालयन एभरेष्ट इन्स्योरेन्सलगायतको भने अधिकतम ७.६२ प्रतिशतसम्मले मूल्य घटेको छ।

आज नेपाल पुनर्बीमा कम्पनीको ८३ करोडको खरिदबिक्री भएको छ। त्यसैगरी हिमालयन रिइन्स्योरेन्सको ४८ करोड, गार्डियन माइक्रो लाइफको ३० करोड, शिवम् सिमेन्टको २७ करोड, हिमालयन डिस्टिलरीको २४ करोडको कारोबार भएको छ।

आज व्यापार सूचक ८ प्रतिशतले बढेको छ। आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट र हिमालयन डिस्टिलरी अगाडि रहे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077