Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सात बर्षसम्म एउटै कार्यालयमा रजगज गर्दै सहरीका इन्जीनीयर, सरुवा रोक्न महानिर्देशकसम्मै सेटिङ

सात बर्षसम्म एउटै कार्यालयमा रजगज गर्दै सहरीका इन्जीनीयर, सरुवा रोक्न महानिर्देशकसम्मै सेटिङ

शुक्रवार , आश्विन ३, २०८२

काठमाडौ । संघीय निजामती सेवा ऐन–नियममा कर्मचारीको २ बर्षमा सरुवा हुने प्रावधान राखिएको छ । सुशासनका हिसाबले यस्तो प्रावधान राखिएको भए पनि सहरी विकास तथा भवन निर्माण बिभागअन्तर्गतका कतिपय कर्मचारीहरु एउटै कार्यालयमा ७ बर्षसम्म कार्यरत रहेका छन् ।

बिभागका उपमहानिर्देशकदेखि महानिर्देशकसम्मलाई खुसी पारी त्यस्ता कर्मचारीहरु ७ बर्षसम्म एउटै कार्यालयमा कार्यरत रहेका छन् । एउटै कार्यालयमा कार्यरत कर्मचारीका कारण भ्रष्टाचार हुने गरेको छ ।

जेनजी समूहले भ्रष्टाचार बिरुद्ध प्रदर्शनश गरेपछि सत्ता नै परिवर्तन भएको छ । तर सहरी विकास तथा भवन निर्माण बिभागका उपमहानिर्देशक र महानिर्देशकहरु ७ बर्षसम्म रजगज गर्ने त्यस्ता कर्मचारीहरुलाई नियम अनुसार सरुवा गर्ने भन्दा पनि आर्थिक लाभ लिएर थमौती गर्नेतिर अग्रसर छन् ।

जेनजी समूहको प्रदर्शनलाई भवन बिभागका महानिर्देशक मचाकाजी महर्जन र उपमहानिर्देशक प्रकीर्ण तुलाधरले नजरअन्दाज गर्दै अझै पनि ७ बर्षसम्म एउटै कार्यालयमा बसी भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरेका केही इन्जीनीयरहरुलाई सरुवा नगर्नेगरी डिल गरिसकेको समाचार स्रोत बताउँछ ।

बिभागका उपमहानिर्देशकदेखि महानिर्देशकसम्मलाई भ्रष्टाचारको हिस्सा बुझाएर ७ बर्षसम्म कार्यरत कर्मचारी हुन्–सहरी विकास मन्त्रालय मातहतको संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय धनुषामा कार्यरत इञ्जिनिर लक्ष्मण यादव ।

उनी सात वर्ष देखि सोही कार्यालयमा कार्यरत छन् । पहुँच र शक्तिको भरमा उनी त्यो कार्यालय छाडेर अन्यत्र जान मान्दैनन । उनी लामो समयदेखि त्यही कार्यालयमा रजगज गर्दैआएका छन् ।

सात वर्षको बीचमा उक्त कार्यालयमा कार्यालय प्रमुख पटक–पटक फेरिए तर लक्ष्मणलाई भने सरुवा भएर अन्यत्र जानुपरेको छैन । उक्त कार्यालय उनका लागि आकर्षक ठाउ भएको छ ।

उक्त कार्यालयमा बसेर उनले ब्यापक भ्रष्टाचार गरेका गुनासा अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि प्रधानमन्त्री कार्यालयमा पुगे पनि उनी सरुवा हुनुपरेको छैन ।

सहरी बिकास तथा भवन बिभागले उपसचिव (सीडीई)को सरुवा गरिसकेको छ । शाखा अधिकृत (इन्जीनीयर)को सरुवा गर्ने तयारी गरेको छ । संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय धनुषाका इन्जीनीयर लक्ष्मण यादव यो पटक पनि सरुवा नहुने कुरामा ढुक्क् छन् ।

संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय धनुषाका प्रमुख विनोद सिंहले आफ्नो बिभागका उपमहानिर्देशक प्रकीर्ण तुलाधर र महानिर्देशक मचाकाजी महर्जनसँग राम्रो सम्बन्ध भएकाले लक्ष्मण यादवको सरुवा थमौती गरिदिने गरी सबै सेटिङ मिलाउनेगरी जिम्मा लिएका छन् ।

बिनोद सिंहमार्फत् सेटिङ मिलाएर लक्ष्मण यादव आठौं बर्ष पनि धनुषामै थमौती हुने भएका छन् ।

हरेक वर्ष विभागले ठूलो संख्यामा इञ्जिनियरहरुको सरुवा गर्ने गर्छ । सामान्यता भदौ वा असोजमा निजामती कर्मचारीहरुको सरुवा हुने गरेको छ ।

तर लक्ष्मणले ७ वटा भदौ जनकपुरमै गुजारेर अरबौंको बजेटमा ठेकेदारसँग असुल्ने मौका पाई नै रहेका छन् । उनलाई २ बर्षे आबधिक सरुवाको ऐन कानुन लागू हुन सकेको छैन ।

विभागका उच्च अधिकारीलाई भ्रष्टाचारको हिस्सा बुझाएर ‘खुशी’ बनाएर उनले ऐन कानुन लागू गर्नबाट नै रोक्ने गरेका छन् । सहरी विकास मन्त्रीमा सुशासनका पक्षपाती कुलमान घिसिङ आएका छन् । उनी आएपछि बिभागले आवधिक सरुवा नीति लागू गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077