Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पारिवारिक समस्याका कारण एनआईसी एशिया बैंकका सीईओले दिए राजीनामा

पारिवारिक समस्याका कारण एनआईसी एशिया बैंकका सीईओले दिए राजीनामा

बिहिवार , आश्विन २, २०८२

काठमाडौँ । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपानेले पदबाट राजीनामा दिएका छन् ।

न्यौपानेले बुधबार सञ्चालक समितिसमक्ष औपचारिक रूपमा राजीनामा पेश गरेका थिए । बिहीबार बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।

उनको राजीनामासँगै बैंकमा सात वर्ष लामो कार्यकालको जिम्मेवारी पूर्णविराम लागेको छ । उनले परिवारिक समस्याका कारण राजीनामा दिएको बुझिएको छ ।

सञ्चालक समितिले आगामी नेतृत्व व्यवस्था मिलाउने क्रममा नायब कार्यकारी अधिकृत सन्तोष कुमार राठीलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077