Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तेस्रो पटक नेगेटिभ सर्किट लागेसँगै आजका लागि बन्द भयो सेयर बजार

तेस्रो पटक नेगेटिभ सर्किट लागेसँगै आजका लागि बन्द भयो सेयर बजार

बिहिवार , आश्विन २, २०८२

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक कारोबारमा तेस्रोपटक नकारात्मक सर्किट ब्रेक लागेको छ । पहिलोपटक बजार खुलेको दुई मिनेटमा १०७.०४ अंकले घटेर २० मिनेटका लागि बन्द भएको थियो ।

दोस्रो पटक ११ः२२ मा खुलेको थियो । तर, एक मिनेटमै ११ः२३ जाँदा बजार १३३.६१ अंकले घटेर ४० मिनेटका लागि बन्द भयो ।

त्यसपछि बजार १२ः०३ मा खुलेको थियो । बजार खुल्नबित्तिके ओरालो लागेको बजार तस्रोपटक तीन मिनेटमा १६०.३३ अकंले घटेर आज दिनभरका लागि बन्द भयो ।

उक्त अवधिमा २१७ कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीको सेयर मूल्य बढेको छ । जेनजी आन्दोलनमा क्रममा ठुलो मानवीय क्षति र भौतिक सम्पत्ति खरानी भएपछि लगानीकर्ता डराउँदा सेयर बजारमा पनि नेगेटिभ सर्किट लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077