Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जेनजी आन्दोलनपछि ठप्प भएको शेयर कारोबार आजदेखि पुनः सञ्चालन

जेनजी आन्दोलनपछि ठप्प भएको शेयर कारोबार आजदेखि पुनः सञ्चालन

बिहिवार , आश्विन २, २०८२

काठमाडौं । जेनजी आन्दोलनका कारण मुलुकमा उत्पन्न भएको विषम परिस्थितिका बीचमा केही दिनदेखि बन्द रहेको शेयर कारोबार आजदेखि पुनः सञ्चालन हुने भएको छ।

नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेप्सेले दोस्रो बजारको कारोबार सामान्य अवस्थामा झैँ सञ्चालन गर्ने तयारी गरेको हो। यसअघि अवस्था सामान्य हुँदै गए पनि अनावश्यक रूपमा कारोबार बन्द गरिएको भन्दै बोर्ड र नेप्से दुवै पक्ष आलोचनाको चपेटामा परेका थिए।

धितोपत्र बोर्डले मंगलबार नेप्सेलाई लिखित निर्देशन जारी गर्दै कारोबार नियमित सञ्चालन गर्न भनेको हो। सोही निर्देशनपछि आजदेखि लगानीकर्ताले पुनः शेयर खरिद–बिक्री गर्न सक्ने प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए।

लगानीकर्ताले लामो समयदेखि बजार बन्द हुनु अर्थतन्त्रका लागि नकारात्मक सन्देश भएको भन्दै तत्काल बजार खोल्न माग गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077