काठमाडौं । सरकारले कर तिर्ने समय एक महिना थप गरेको छ ।
कानूनअनुसार गएको भदौ २५ गतेभित्र बुझाइसक्नुपर्ने साउन महिनाको कर तिर्नका लागि एक महिनाको समय थप गरिएको हो ।
मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशूल्कलगायत कर हरेक महिनाको २५ गतेभित्र सम्बन्धित कर कार्यालयमा बुझाउनुपर्ने कानूनी व्यवस्था छ । यसपटक विषम परिस्थितिका कारण कर तिर्ने समय थपिएको आन्तरिक राजस्व विभागले जनाएको छ ।
जेनजी आन्दोलन र पछिल्लो राजनीतिक घटनाक्रमबाट उद्योगी व्यवसायीले तोकिएको समयमा कर तिर्न नपाएको भन्दै अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई सहजीकरणका लागि आग्रह गरेका थिए ।