Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

जेनजी आन्दोलनका कारण यूएईले बन्द गर्‍यो वर्किङ र भिजिट भिसा

जेनजी आन्दोलनका कारण यूएईले बन्द गर्‍यो वर्किङ र भिजिट भिसा

बुधवार , आश्विन १, २०८२

काठमाडौं । वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मानिने संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली कामदारका लागि नयाँ भिसा बन्द भएको छ ।

यूएईले सोमबारदेखि नेपाली नागरिकका लागि वर्किङ भिसा मात्र होइन, भिजिट भिसा पनि रोक्ने निर्णय गरेको हो ।

नेपालमा जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी, लुटपाट र कैदी पलायनको सुरक्षाजन्य प्रभावका कारण यूएईले अस्थायी रोक लगाएको बताइएको छ ।

यसले विदेश रोजगारीमा निर्भर लाखौं नेपाली युवामा ठूलो निराशा ल्याएको छ ।

दुबईस्थित विभिन्न कम्पनीहरूले भिसा आवेदन दिन नसकिएको र पहिले स्वीकृत भएका भिसासमेत रद्द हुन थालेको बताएका छन् । यस्तै, दक्षिण कोरियाले पनि ई–७ भिसामार्फत सीपयुक्त नेपाली श्रमिक लिन नसक्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077