Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ढुङ्गा खस्दा बसमा सवार यात्रुको मृत्यु

ढुङ्गा खस्दा बसमा सवार यात्रुको मृत्यु

मंगलवार , भाद्र ३१, २०८२

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ नाम्सीपुल नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा बसमा ढुङ्गा खस्दा एक यात्रुको मृत्यु भएको छ।

आज साँझ करिब ७ बजेतिर तनहुँबाट नारायणगढतर्फ आउँदै गरेको ग २ ख १८३६ नम्बरको बसमा सवार लमजुङको घलेगाउँ निवासी ४६ वर्षीया ऐश्र्या कामीको मृत्यु भएको हो ।

सडक माथिबाट खसेको ढुङ्गा बसको खुला ढोकाबाट भित्र पस्दा लागेर गम्भीर घाइते भएकी कामीको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बस चालक तनहुँ, म्याग्दे गाउँपालिका–२ का ३५ वर्षीय तेजकुमार शाहीलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077