काठमाडौं । सरकारले कोरियामा सीपयुक्त कामदार पठाउने कार्यविधि रोकेको छ ।
नयाँ सरकार गठन भएसँग ई-७ भिसामार्फत् कोरियामा नेपाली सीपयुक्त कामदार पठाउने कार्यविधि रोकिएको हो ।
यसअघि यो कार्यविधि कामको लिस्ट नै हालेर संशोधन भएको थियो ।
तर, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको यही भददौ २० गतेको पत्रानुसार कार्यविधि कार्यान्वयन रोकिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।