काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले देश रोएको बेला काठमाडौंका मेयर बालेन शाह हाँस्दै बसेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमार्फत साप्पाङले बालेनलाई लुकेर स्टाटस लेखेको आरोप पनि लगाएका छन् ।
उनले लेखेका छन्- लुकेर गेम खेल्दै स्टेटास लेख्नु सजिलो छ । देशले के कति गुमायो त्यो थाहा छ ? देश रोएको बेला ऊ हाँस्दै बसेको छ ।
आजै बालेनले आफूलाई जति गाली गरे पनि हर्कलाई माया गर्न नछोड्ने टिप्पणी गरेका थिए ।