Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

यस वर्षको दशैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

यस वर्षको दशैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

मंगलवार , भाद्र ३१, २०८२

काठमाडौं । यसवर्षको दशैंमा अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ ।

मंगलबार मिन भवनस्थित यातायात व्यवस्था विभागको कार्यालयमा बसेको बैठकले यात्रुहरू जाने क्रम शुरु भइसकेकाले दशैंका लागि भनेर अग्रिम टिकट खुलाउन आवश्यक नभएको निष्कर्ष निकालेका हुन् ।

जेनजीको आन्दोलनपछि विश्वविद्यालय, कलेजहरू विदा हुने र उनीहरूको घर जाने क्रम शुरु भइसकेकाले यस वर्ष दशैँलाई लक्षित गरेर अग्रिम टिकट बुकिङको व्यवस्था नगर्ने निर्णयमा पुगिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए ।

उनले दशैंका लागि घर जानेहरूले ३-४ दिन अगाडि नै बसको टिकट लिने व्यवस्था मिलाइएको उनले बताए ।

यस्तै बैठकमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले पनि दशैंमा यात्रुहरूलाई गन्तव्यमा पुर्‍याउनका लागि प्रहरीले आवश्यक सुरक्षाको व्यवस्था मिलाइसकेको बताए ।

जेनजी आन्दोलनका कारण यातायात क्षेत्रमा व्यापक क्षति भएको छ योवर्ष अग्रिम टिकट बुकिङ नखुल्दा यात्रुलाई सास्ती हुने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077