Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

हर्क साम्पाङले रुँदै भने–दूतावासले तयार पार्ने मन्त्री पद चाहिंदैन भनेर फर्केको हुँ

हर्क साम्पाङले रुँदै भने–दूतावासले तयार पार्ने मन्त्री पद चाहिंदैन भनेर फर्केको हुँ

मंगलवार , भाद्र ३१, २०८२

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौँबाट फर्किएलगत्तै मङ्गलबार धरानमा पत्रकार सम्मेलन गरेका छन् ।

पत्रकार सम्मेलनमा उने पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र आफूले भोगेका अनुभवबारे बताएका थिए । पत्रकार सम्मेलनमै भावुक बनेका मेयर साम्पाङले जेनजी आन्दोलनलाई सामान्य सामाजिक सञ्जालको लहर मात्र नभई वर्षौँदेखि बनेको ठूलो राजनीतिक डिजाइन भएको दावी गरे ।

उनले भने–‘जेनजी आन्दोलन सुशासन वा सोसल मिडियाकै लागि मात्रै नभएको पाएँ। प्रधानमन्त्री र मन्त्री को बन्ने भन्ने नाम त दूतावासमै तय हुने रहेछ ।

जेनजीको मागको आधारमा काठमाडौं गएको बताएका साम्पाङले आफूले देशकै लागि जोखिम मोलेको दावी गरे । आन्दोलनको दिन २३ र २४ गते धरानमा रहेका उनी २५ गते बिहानै काठमाडौं गएका थिए। उनले देश रह्यो भने मात्र हामी रहन्छौँ भन्ने भावनाले आफू जङ्गी अड्डासम्म पुगेको पनि बताए ।

उनले भने–‘प्रधानमन्त्री बन्ने, मन्त्री बन्नेहरूको नाम त पहिले नै तयार रहेछ। दूतावास धाउनु पर्ने रहेछ, तर म गइनँ। त्यसैले मलाई क्याबिनेटमा राख्न सकिँदैन भन्ने निर्णय त्यहाँबाट आयो। मलाई दिएनन्। विदेशीले रिमोटबाट चलाउने देश हुँदैन भनेको मान्छे म नै हुँ। बिकाउ भएर होइन, आँट गरेर देशको लागि हिँडेको मान्छे हुँ।’

साम्पाङका अनुसार जेनजी पुस्ताले देश बालेन शाह वा हर्क साम्पाङले चलाउनुपर्ने माग राखेका थिए। एउटा वृद्धलाई हटाएर अर्को वृद्धालाई ल्याएर देश सुम्पिएको भन्दै उनले देश चलाउने जिम्मा युवाले लिनुपर्ने आवाज आएको भए पनि त्यसको सुनुवाइ नै नभएको बताए ।

साम्पाङले अहिलेको व्यवस्थाले देशलाई विदेशी शक्तिकेन्द्रहरूको हातमा थुपारेको भन्दै समाधानका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विकल्प नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077