Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

काँधमा राष्ट्रिय झण्डा बाँधेर शवयात्रामा गृहमन्त्री अर्याल, ऊर्जामन्त्री कुलमान पनि सहभागी

काँधमा राष्ट्रिय झण्डा बाँधेर शवयात्रामा गृहमन्त्री अर्याल, ऊर्जामन्त्री कुलमान पनि सहभागी

मंगलवार , भाद्र ३१, २०८२

काठमाडौं। जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको शवयात्रामा गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्याल तथा ऊर्जामन्त्री कुलमान घिसिङ सहभागी भएका छन् ।

ऊर्जामन्त्री कुलमान घिसिङ गोपीकृष्णहलबाट र गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्याल चाबहिल चोकबाट जेनजीको शवयात्रामा सहभागी भएका हुन् । शवयात्रामा सभागी उर्जामन्त्रीले राष्ट्रिय झण्डा बोकेका छन् भने कानूनमन्त्रीले राष्ट्रिय झण्डा ओढेका छन् ।

मृतकका परिवारका सदस्य र आफन्तहरूले शवयात्रासहित अन्त्येष्टि गर्न लागेका हुन् । अहिले मृतकका शवहरू अन्त्येष्टिका लागि शवयात्रा निकालिएको थियो ।

त्रिवि शिक्षण अस्पतालबाट शवहरू चक्रपथ हुँदै पशुपति आर्यघाट पुर्याइएको छ । शवयात्राका लागि पुगेकाहरूले मृतकका फोटो र राष्ट्रिय झण्डा बोकेका छन् ।

जेनजी सहिदहरूलाई नेपाल सरकारका मन्त्रीहरूले राष्ट्रिय झन्डा ओढाएका छन् । गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङले पशुपति आर्यघाटमा सहिदहरूलाई राष्ट्रिय झन्डा ओढाएका हुन् ।

त्यस्तै वनकालीतर्फ हंसमण्डपबाट सशस्त्र प्रहरीले सलामी अर्पण गरेका थिए । त्यसअघि त्रिवि शिक्षण अस्पतालबाट महाराजगञ्ज, चावहिल, गौशाला हुँदै आर्यघाटसम्म शवयात्रा निकालिएको थियो । सरकारले हिजै मृतकका परिवारलाई काजकिरियाका लागि एक लाख उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय शोक स्वरुप असोज १ गते सार्वजनिक बिदा दिने लगायतका निर्णय गरेको थियो ।

त्यसपछि मृतकका परिवार अन्त्येष्टि गर्न तयार भएका हुन् ।

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरूले गरेको प्रदर्शन हिंसात्मक बन्दा ७२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धेरैजसो गोली लागेकाहरू छन् । कतिपयका शव आगोमा जलेको अवस्थामा भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077