Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल टेलिकमद्वारा हुम्लाको सर्केगाड र चंखेलीमा टुजी र फोरजी सेवा सञ्चालनमा

नेपाल टेलिकमद्वारा हुम्लाको सर्केगाड र चंखेलीमा टुजी र फोरजी सेवा सञ्चालनमा

सोमवार , भाद्र ३०, २०८२

हुम्ला । नेपाल टेलिकमले कर्णाली प्रदेशको हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका–१ मा टुजी र फेरजी सेवा सञ्चालनमा ल्याएको छ ।

यही भाद्र २५ गतेबाट फोरजी सेवा सञ्चालनमा आए पश्चात् सर्केगाड गाउँपालिका वडा नं. १, २, ४, ५ र ६ अन्तर्गत पर्ने क्षेत्रहरू जीलागाउँ, माझगाउँ, घितागाउँ, नाउलि, लुम अन्तर्गत पर्ने भूभागहरूमा सेवाग्राहीहरू गुणस्तरीय फोरजी सेवाबाट लाभान्वित भएका छन्।

त्यसैगरी टेलिकमले हुम्ला जिल्लाकै चंखेली गाउँपालिका–६ मा पनि नेपाल टेलिकमले यही भाद्र २७ गते बाट टुजी र फेरजी सेवा सञ्चालनमा ल्याएको छ ।

फोरजी सेवा सञ्चालनमा आए पश्चात् चंखेली गाउँपालिका वडा नं. ४, ५ र ६ अन्तर्गत पर्ने क्षेत्रहरू बरैहीगाउँ, सरु गाउँपालिका, देउली, निमिगाउँ र चंखेली गाउँपालिका अन्तर्गतका भूभागहरूमा सेवाग्राहीहरूले गुणस्तरीय फोरजी सेवाबाट लाभान्वित भएका छन् ।

नेपाल टेलिकमले दूर दराजका क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउने कार्यलाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077