Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अर्थमन्त्रीको पहिलो निर्णय : टुक्रे आयोजनाका बजेट कटौतिदेखि निर्वाचनका लागि पुरक बजेट ल्याउनेसम्म

अर्थमन्त्रीको पहिलो निर्णय : टुक्रे आयोजनाका बजेट कटौतिदेखि निर्वाचनका लागि पुरक बजेट ल्याउनेसम्म

सोमवार , भाद्र ३०, २०८२

काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले तोकिएको समयमा निर्वाचन गराउन पुरक बजेट ल्याउने बताएका छन् ।

अर्थ मन्त्रालयमा आज पदभार ग्रहण गर्दै मन्त्री खनालले यस्तो बताएका हुन् ।

उनले टुक्रे र प्राथमिकतामा नरहेका आयोजना बजेटबाट हटाउने पनि बताए ।

टुक्रे र प्राथमिकतामा नरहेका आयोजना बजेटबाट हटाउनेबारे अध्ययन गर्न कार्यदल गठन गर्ने पहिलो निर्णय गरेका हुन्।

पदभार ग्रहण गर्दै उनले भने–‘अबको प्राथमिकता युवाका माग पूरा गर्नुछ, निर्वाचन गर्नुछ, त्यसकारण खर्च कटौती गर्न यो निर्णय गरिएको हो।’

खनालले आफूलाई माननीय नभन्न आग्रह गर्दै भने–‘विगतका के गरेका थियौं स्मरण नगरौं। अब गल्ती नगरौं। हामी सच्चिनै पर्छ। आवेशमा आएर बोलिरहनु आवश्यकता छैन।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077