काठमाडौं । जेनजी प्रदर्शनकारीले मंगलबार साँझ भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी गरेका छन् ।
करिब एक हजार जनाको हाराहारीमा विमानस्थल परिसरमा प्रवेश गरेका उनीहरूले भौतिक संरचनामा तोडफोड गर्नुका साथै चारवटा सरकारी गाडी जलाएका हुन् ।
केही सुरक्षाकर्मीका गाडीमा पनि क्षति पुगेको बताइएको छ ।