Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

काठमाडौँमा अभाव भएपछि झापाबाट ७१ पाउण्ड रगत ल्याइयो

काठमाडौँमा अभाव भएपछि झापाबाट ७१ पाउण्ड रगत ल्याइयो

मंगलवार , भाद्र २४, २०८२

झापा । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले ७१ पाउण्ड रगत पठाएको छ ।

सोसाइटीको झापा शाखा सभापति लोकराज ढकालका अनुसार काठमाडौँमा अभाव भएपछि बुद्ध एयरको ७ः१५ बजेको उडानमार्फत रगत पठाइएको हो ।

काठमाडौँमा सोमबार विभिन्न माग राख्दै ‘जेनजी’ पुस्ताले आयोजना गरेको आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका लागि रगत अभाव हुन नदिन झापाबाट रगत काठमाडौँ पठाइको सभापति ढकालले जानकारी दिए।

जेनजी पुस्ताले सोमबार झापामा समेत आन्दोलन गरेका थिए। यस क्रममा दमकमा केही युवा घाइते भएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077