काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र रहेका विद्यालय भदौ २६ गतेसम्म बन्द रहने भएका छन् ।
सोमबार जेनजीको प्रदर्शनबाट उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको काठमाडौं महानगरका मेयर बालेन शाहको सचिवालयले जनाएको छ ।
काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको गरि मृत्यु हुनेको संख्या १९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन् ।