Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

जेनजी आन्दोलनपछि ललितपुरमा सभा–जुलुस निषेध

जेनजी आन्दोलनपछि ललितपुरमा सभा–जुलुस निषेध

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । जेनजी पुस्ताको आन्दोलन हिंसात्मक बनेपछि ललितपुर प्रशासनले सोमबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार अर्को सूचना नआएसम्म सभा, जुलुस, भेला, धर्ना लगायतका गतिविधि पूर्ण रुपमा निषेध गरिएको छ।

आदेश अनुसार सर्वसाधारणको सामान्य आवतजावत र सवारी साधन आवागमन भने खुला रहनेछ । तर, संवेदनशील क्षेत्रमा कुनै पनि प्रकारको राजनीतिक वा सामूहिक गतिविधि गर्न नपाइने प्रशासनले स्पष्ट पारेको छ ।

प्रशासनले भनेको छ,“हालको संवेदनशील परिस्थिति थप बिग्रन नदिन निषेधाज्ञा अपरिहार्य बनेको छ । आदेश उल्लङ्घन गर्नेहरूमाथि कानुनअनुसार कारबाही हुनेछ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077