Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

व्यक्तिगत स्वार्थभन्दामाथि उठ्न नसकेको मेरो देश : पारस खड्का

व्यक्तिगत स्वार्थभन्दामाथि उठ्न नसकेको मेरो देश : पारस खड्का

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा क्यानका सचिव पारस खड्काले जेनजी प्रदर्शनमा सरकारले गरेको दमनप्रति सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका छन् ।

सचिव पारसले सोमबार सामाजिक सञ्जालमा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आक्रोश पोखेका हुन् ।

पारसले सामाजिक सञ्जालमा लेखेका छन्- 'हाम्रो देश, नामको देश । जता हेरे, त्यतै निराशा, कामभन्दा भाषण बढी, गलत र सही मूल्यांकन नभएको सामाजिक मानसिकता, हरेक क्षेत्रमा व्यक्तिगत स्वार्थभन्दामाथि उठ्न नसकेको मेरो देश । मृत्यु हुनेप्रति हार्दिक श्रद्धाञ्जली । सहिद भएका छन्, धेरैलाई बनाइएको छ, सायद मर्नु सहिद हुनु हो भने, हामी सबै धेरैअघि नै सहिद भइसकेका छौँ । निशब्द।'

सोमबारको प्रदर्शनमा हालसम्म १८ जनाको मृत्यु पुष्टि भइसकेको छ । करिब २०० भन्दा बढी घाइते भएका छन् ।

paras-1757332700.JPG

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077