काठमाडौं । सुनसरीको इटरहरीमा गोली लागेर २ जना जेनजी प्रदर्शनकारीहरुको मृत्यु भएको छ।
जेनजीहरूले इटहरीमा पनि भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका थिए। उग्र भएको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो।
भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सडकमा उत्रिएका युवा प्रदर्शनकारीहरूले प्रहरीको सुरक्षा घेरा तोड्दै मेयरको कार्यकक्षमा प्रवेश गरी तोडफोड र आगजनी गरेको स्थानीय प्रशासनले जनाएको छ।
सोमबार उपमहानगरपालिकाको कार्यालयअगाडि भेला भएका विभिन्न कलेज र विद्यालयका विद्यार्थीहरूले भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा नाराबाजी गर्दै प्रदर्शन गरेका थिए।
आन्दोलनले उग्ररुप लिएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।