बुटवल । रुपन्देहीमा जारी ‘जेनजी’ आन्दोलन तीव्र बन्दै गएपछि राजनीतिक नेताहरूका घर र दलका कार्यालयमाथि तोडफोड भएको छ ।
सोमबार दिउँसो एक समूह प्रदर्शनकारीले नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको तिलोत्तमा–४ मणिग्रामस्थित घरमा तोडफोड गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार घटनाबारे जानकारी प्राप्त भएको र नियन्त्रणका लागि प्रहरी परिचालन गरिएको छ ।
प्रदर्शनकारीले खाँणको घर मात्र नभई भैरहवास्थित नेपाली कांग्रेस पार्टी कार्यालय, बुटवलस्थित कार्यालय, साथै कोटिहवास्थित नेकपा एमाले पार्टी कार्यालयमा समेत तोडफोड गरेका छन् ।
अचानक बढेको आन्दोलनले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रयासरत रहेको जनाएको छ ।