काठमाडौं । जेनजी प्रदर्शनलाई लिएर कांग्रेस केन्द्रीय सदस्य प्रा. गोविन्दराज पोखरेलले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् ।
कांग्रेस केन्द्रीय सदस्य प्राडा गोविन्दराज पोखरेलले गृहमन्त्री लेखकले तत्कालै राजीनामा दिनुपर्ने बताएका हुन्।
उनले एक्समा लेखेका छन्- 'गृहमन्त्रीले तुरून्तै राजीनामा दिनु पर्यो। यदि नदिए पार्टीले तुरून्तै फिर्ता बोलाउनु पर्यो।'
अहिले नेपाली कांग्रेसभित्रैबाट उनको राजीनामा माग हुन थालेको छ।