काठमाडौं । जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ ।
सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्युसंगै १४ पुगेको छ ।
ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।
त्यस्तै, विभिन्न अस्पतालहरुमा करिब एक सय भन्दा बढी घाइतेहरुको उपचार भइरहेको छ ।