काठमाडौं । जेनजीको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या सात पुगेको छ । काठमाडौं मेडिकल कलेज सिनामंगलमा थप एक, सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा पाँच जनाको मृत्यु भएसंगै मृतकको संख्या सात पुगेको हो छ ।
काठमाडौं प्रहरीका एक उच्च अधिकारीले दिएको जानकारीअनुसार काठमाडौंको ट्रमा सेन्टरमा मात्रै पाँच जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने देखिएको छ ।
त्यस्तै, विभिन्न अस्पतालहरुमा करिब एक सय भन्दा बढी घाइतेहरुको उपचार भइरहेको छ भने २० जना गम्भीर घाइतेको उपचार भइरहेको छ ।