Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

हिंसात्मक बन्यो जेनजी प्रदर्शन, दुई जनाको मृत्यु

हिंसात्मक बन्यो जेनजी प्रदर्शन, दुई जनाको मृत्यु

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले थालेको आन्दोलनले हिंसात्मक स्वरुप लिदा दुई जनाको मृत्यु भएको छ ।

बानेश्वरकै सीभील अस्पतालमा करिब एक सय भन्दा बढी घाइतेहरुको उपचार भइरहेको छ । वीर अस्पतालको ट्रमा सेन्टरमा करिब ३० जना घाइतेहरुको उपचार भइरहेको छ । केहीको अवस्था गम्भीर छ ।

प्रदर्शनकारीहरुमाथि प्रहरीले अन्धाधुन्ध अश्रु ग्यास प्रहार र गोली प्रहार गर्न थालेपछि बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।

प्रदर्शन अनियन्त्रित भएपछि काठमाडौंमा मध्यान्ह १२ बजेटबाट राती १० बजेसम्मका लागि बानेश्वर क्षेत्र, सिंहदरबार, राष्ट्रपति निवास वरपर कर्फ्यू आदेश जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077