काठमाडौं । नयाँबानेश्वर क्षेत्रमा भएको जेनजी प्रदर्शनमा प्रहरीको गोली लागेर कान्तिपुर टिभीका पत्रकार घाइते भएका छन् ।
जेनजीको प्रदर्शनको फोटो खिचिरहेका कान्तिपुर टिभीका पत्रकार श्याम श्रेष्ठको पाखुरामा रबरको गोली लागेको हो ।
उनको सिभिल अस्पतालमा उपचार भइरहेको कान्तिपुर टेलिभिजनका नायव समाचार प्रमुख रुपेश श्रेष्ठले बताएका छन् ।
जेनजी आन्दोनलमा सहभागी भएका प्रदर्शनकारीहरुले बानेश्वरमा रहेको संसदभवनको पर्खाल तोड्नेदेखि आगो लगाउनेसम्मको हर्कत गरेपछि प्रहरीले हवाइ फायर समेत गरिसकेको छ ।
माइतीघरबाट सुरु भएको प्रदर्शनकारीको भिड अनियन्त्रित बन्दै नयाँबानेश्वरको संसद भवन भित्रै प्रवेश गरेर आगजनी समेत गरेको थियो । उनीहरुलाई रोक्ने प्रहरीको प्रयास असफल भएको थियो ।
जेनजी नेपालले भने तत्कालै सबैलाई आन्दोलनबाट फर्किन आह्वान गरेको छ ।