Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

जेनजी प्रदर्शनमा प्रहरीले चलायो गोली

जेनजी प्रदर्शनमा प्रहरीले चलायो गोली

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । नयाँ बानेश्वरमा प्रहरीले गोली चलाएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो ।

अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।

प्रदर्शनकारीहरू बानेश्वरस्थित संसद भवनको पर्खाल भत्काएका भित्र प्रवेश गरेका थिए भने दुई नम्बर गेटमा आगजनी समेत गरेका छन् ।

प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरिसकेको छ ।

अपराह्न १२:३० बजेदेखि रातिको १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कहाँ–कहाँ लाग्यो कर्फ्यु ?
बानेश्वर चोकदेखि पश्चिमतर्फ एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म,

बानेश्वर चोकदेखि पूर्वतर्फ मीनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म,

बानेश्वर चोकदेखि उत्तरतर्फ आइप्लानेट्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म,

बानेश्वर चोकदेखि दक्षिणतर्फ संखमुल ओरालो हुँदै संखमुल पुलसम्म।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077