काठमाडौं । जेनजी प्रदर्शनकारीहरुले संसद भवनको दुई नम्बर गेटमा आगजनी गरेका छन् ।
सोमबार बिहान ९ बजेदेखि माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारी बिहान ११ बजेपछि संसद् भवनतर्फ अगाडि बढेका थिए । सोही क्रममा उनीहरुले संसद भवनको दुई नम्बर गेटमा आगजनी गरेका हुन् ।
अहिले प्रहरीले स्थिति नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरिरहेको छ ।
यस्तै अपराह्न १२:३० बजेदेखि रातिको १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, पूर्वतर्फ मीनभवन हुँदै तीनकुने चोकसम्म, उत्तरमा आइप्लेक्स मल हुँदै रत्नराज्य स्कूलसम्म, दक्षिणमा शंखमुल पुलसम्मको क्षेत्रमा कर्फ्यु आदेश जारी भएको हो ।