Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

जेनजी प्रदर्शन : बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी

जेनजी प्रदर्शन : बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज मध्यान्ह १२ः३० बजेदेखि राति १० बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको हो ।

प्रदर्शनमा जेन जी पुस्ताको नाममा घुसपैठ भएपछि कर्फ्यु जारी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यस अवधिमा तोकिएको क्षेत्रभित्र कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, बैठक वा अन्य गतिविधि गर्न निषेध गरिएको छ ।

प्रशासनले तोकिएको समयावधिभर आवतजावत नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

कहाँ–कहाँ लाग्यो कर्फ्यु ?
बानेश्वर चोकदेखि पश्चिमतर्फ एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म,

बानेश्वर चोकदेखि पूर्वतर्फ मीनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म,

बानेश्वर चोकदेखि उत्तरतर्फ आइप्लानेट्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म,

बानेश्वर चोकदेखि दक्षिणतर्फ संखमुल ओरालो हुँदै संखमुल पुलसम्म।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077