Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

पर्खाल भत्काएर संसद् भवनभित्र छिरे जेनजी

पर्खाल भत्काएर संसद् भवनभित्र छिरे जेनजी

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । जेनजी प्रदर्शनकारीले बानेश्वरस्थित संसद भवनको पर्खाल भत्काएका छन् ।

उनीहरूले संसद भवनमा छिर्ने क्रममा पर्खालमा ढुंगामुढा गरेका थिए ।

सोक्रममा २ नम्बर गेटको पर्खाल भत्किएको छ ।

प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् ।

बानेश्वर चोकको निशेधित क्षेत्र तोडेर उनीहरू संसद् भवनभित्र प्रवेश गरेका हुन् । उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् ।

अहिले प्रहरीले स्थिति नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077