Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

माइतीघरमा भेला भएका जेनजीको नारा : अति भयो झुट, हाम्रो क्रोध, तिम्रो अन्त्य

माइतीघरमा भेला भएका जेनजीको नारा : अति भयो झुट, हाम्रो क्रोध, तिम्रो अन्त्य

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । माइतीघरमा जेनजीको प्रदर्शन चलिरहेको छ। विभिन्न नारासहितका प्लेकार्ड पनि उनीहरूले प्रदर्शन गरिरहेका छन्।

उनीहरूले भ्रष्टाचारविरोधी नारा लगाइरहेका छन्। प्लेकार्डमा उनीहरूले ‘हाम्रो क्रोध, तिम्रो अन्त्य,’ ‘हामीलाई सहायता दिने नेता चाहिएको छ, आफूलाई पोस्ने नेता होइन,’ ‘अति भयो झुट, अति भयो माफी,’ ‘रोजगारी छैन, न्याय छैन, भविष्य छैन’ जस्ता नारा प्लेकार्डमा लेखेका छन्।

उनीहरूले लोभी नेताहरूलाई थप नपोसौँ भन्दै हामीले तिरेको कर कहाँ छ ?’ भनी प्रश्न समेत गरेका छन्।

त्यतिमात्रै होइन उनीहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहियो भन्दै राजनीतिक प्रणाली फेर्न माग गरेका छन्।

सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीले प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो च्यातेका छन् ।

माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढेकाहरुले बबरमहलस्थित नेपाल टेलिकमको कार्यालय अगाडि प्रधानमन्त्री ओलीको फोटो च्यातेका हुन् । पोलमा राखिएको फोटो तल झारेर उनीहरुले च्यातेका छन् ।

भ्रष्टाचार, बेथिती र सामाजिक सञ्जालमा सरकारले प्रतिबन्ध लगाएको विरोधमा स्वस्स्फूर्त सडकमा उत्रिएका युवाहरुको जुलुस माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढेको छ ।

नयाँबानेश्वरमा प्रहरीले सडकमा ब्यारिकेड राखेर प्रदर्शनकारीलाई रोकेको छ । बाक्लो संख्यामा उपस्थित भएका युवाहरू अहिले नाराबाजी गरिरहेका छन्।

सहरका विभिन्न ठाउँबाट युवाहरू भेला हुने क्रम जारी छ। भ्रष्टाचार, राजनीतिक बेथिति र नातावादविरुद्ध उनीहरूले प्लेकार्ड पनि प्रदर्शन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077