Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

सञ्चार मन्त्रालयले भन्यो– सामाजिक सञ्जाल चलाउन भीपीएन प्रयोग नगर्नुहोला

सञ्चार मन्त्रालयले भन्यो– सामाजिक सञ्जाल चलाउन भीपीएन प्रयोग नगर्नुहोला

आइतवार , भाद्र २२, २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरेर सामाजिक सञ्जाल नचलाउन आग्रह गरेको छ ।

आइतबार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जारी गरेको विज्ञप्तिमा सूचीकरणमा नआएका कारण सामाजिक सञ्जाल निष्क्रिय गरिएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ- 'सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम सात दिनको म्याद दिई सूचीकरणका लागि आह्वान गरेको थियो । मन्त्रालयले सार्वजनिक सूचना जारी गरे पनि तोकिएको समयसीमाभित्र सम्पर्क नगरेका सामाजिक सञ्जाललाई नेपालभित्र निष्क्रिय गराइएको र हाम्रो पात्रो र ग्लोबल डायरी सूचीकरण भएका छन् ।'

गत भदौ १२ गते ७ दिनभित्र सूचीकरणका लागि दिइएको सूचनाको समयसीमाभित्र सम्पर्कमा नआएका सामाजिक सञ्जालहरूलाई नेपालभित्र निष्क्रिय गराइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सूचीकरण नभएका सामाजिक सञ्जालहरूको पहुँच निषेध भइसकेको भन्दै यस्ता सञ्जाल चलाउन असुरक्षित र जोखिमपूर्ण भीपीएन  प्रयोग नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

१

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077