Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेप्से ११.५२ अङ्कले घट्यो, साढे ४ अर्बको कारोबार

नेप्से ११.५२ अङ्कले घट्यो, साढे ४ अर्बको कारोबार

आइतवार , भाद्र २२, २०८२

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.५२ अङ्कले ओरालो लागेको छ ।

नेप्सेका अनुसार, आजको कारोबारमा परिसूचक शून्य दशमलव ४२ प्रतिशतले घटेर दुई हजार ७०८.२५ अङ्कमा कायम भएको हो ।

आज विभिन्न ३३४ कम्पनीका एक करोड ११ लाख २४ हजार ८४५ कित्ता शेयर ५८ हजार ८७ पटक रु चार अर्ब ४० करोड २७ लाख ६७ हजार २७१.७२ मा कारोबार भएको छ । आज १७३ वटा कम्पनीको शेयर मूल्य घट्दा ७९ वटाको बढेको छ।

हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्य ९.९७ प्रतिशत, एनआईबीएल समृद्धि फण्ड-२ को ५.८३ प्रतिशत, युनिभर्सल पावर कम्पनीको ५.१२ प्रतिशतले घटेको छ ।

साथै पञ्चकन्या माइ हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ४.६२ प्रतिशत, विकास हाइड्रोपावर कम्पनी लिमिटेडको ३.९२ प्रतिशतले ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077