Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

अस्ट्रेलिया सडक दुर्घटना हुँदा दुई नेपाली नर्सको मृत्यु

अस्ट्रेलिया सडक दुर्घटना हुँदा दुई नेपाली नर्सको मृत्यु

आइतवार , भाद्र २२, २०८२

एजेन्सी । अस्ट्रेलियाको मेलबर्नमा सडक दुर्घटनामा परी दुई नेपाली नर्सको मृत्यु भएको छ ।

मेलबर्नको उत्तरी क्षेत्रस्थित क्रेगीबर्ननजिकै ह्युम हाइवेमा जन्मदिन मनाएर घर फर्कंदै गर्दा उनीहरू चढेको कार दुर्घटना भएको हो ।

अलफ्रेड अस्पतालमा कार्यरत दुई नेपाली नर्स सरला र अरुजाले दुर्घटनामा परी ज्यान गुमाएका हुन् ।

हाइवेमा गाडी रोकेर उनीहरूले कंगारुलाई बचाउने प्रयास गरेका थिए । सोहीक्रममा पछाडिबाट तीव्र गतिमा आएको अर्को गाडीले उनीहरूलाई ठक्कर दिएको थियो ।

एकको घटनास्थलमै  मृत्यु भएको थियो । अर्की नर्सको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटना सम्बन्धी छानबिन अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077