हेटौँडा । चट्याङ लागेर हेटौँडा उपमहानगरपालिका-१५ कमेरोपानीमा एक जनाको मृत्यु भएको छ ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार चट्याङ लागेर हेटौँडा उपमहानगरपालिका-१६ सानो आकाशधाराका ३७ वर्षीय बुद्धबहादुर प्रजाको घटनास्थलमा नै मृत्यु भएको हो ।
दैनिक उपभोगका सामान खरिद गर्न गएका बेला चट्याङ लागेर निजको मृत्यु भएको हो । प्रजाको शवपरीक्षणका लागि हेटौँडा अस्पताल पुर्याइएको छ ।