Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

कैलालीमा जुत्ताचप्पल गोदाममा आगलागी, ७० लाख बढीको क्षति

कैलालीमा जुत्ताचप्पल गोदाममा आगलागी, ७० लाख बढीको क्षति

शनिवार , भाद्र २१, २०८२

कैलाली । कैलालीको लम्कीस्थित जुत्ताचप्पलको गोदाममा आगलागी भएको छ । आज बिहान ३ बजेतिर लम्कीचुहा नगरपालिका–१ लम्कीस्थित टीकापुर रोडमा रहेको कल्पना ट्रेडर्स एण्ड सप्लायर्स एक्कासि आगलागी भएको हो ।

आगलागीबाट ७० लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागी भएलगत्तै लम्कीचुहा नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

लम्की निवासी कल्पना जैशीले सञ्चालन गर्दै आएको गोदाममा चप्पल र जुत्ता रहेका थिए । आगलागीबाट गोदाममा रहेका सम्पूर्ण सामान जलेर नष्ट भए पनि मानवीय क्षति भने भएको छैन । आगलागी कसरी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077