Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएपछि सडक अवरोध, विधान महाधिवेशन एक घण्टा ढिलो

मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएपछि सडक अवरोध, विधान महाधिवेशन एक घण्टा ढिलो

शनिवार , भाद्र २१, २०८२

ललितपुर । नेकपा (एमाले) दोस्रो विधान महाधिवेशन दोस्रो दिनको बन्दशत्रमा आउँदा कोशीका आर्थिक मामिला तथा कानूनमन्त्री रामबहादुर मगरको गाडीले हरिसिद्धि घुम्तीमा बालिकालाई ठक्कर दिएपछि बाटो अवरुद्ध हुँदा कार्यक्रम एक घण्टा ढिला सुरु भएको छ ।

आज बिहान ७ :१५ बजेतिर कोशी प्रदेशका आन्तरिक मामिलामन्त्री राम राना चढ्ने गाडीले ठक्कर दिँदा हरिसिद्धीकी ११ वर्षीया बालिका उषा सुनुवार घाइते भएकी थिइन । ठक्कर दिएर मन्त्रीको गाडी सम्पर्कविहीन भएको भन्दै स्थानीय बासिन्दा आक्रोशित भएर सडक अवरुद्ध गरेका थिए ।

सरकारी पक्ष र स्थानीयबीच सहमति भएपछि सडकको अवरोध हटेको हो । सहमतिअनुसार बालिकाको उपचारमा लाग्ने सबै खर्च मन्त्रीपक्षले बेहोर्नेछ ।

यसबीच अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने गरी अस्पताल पठाएको जानकारी दिँदै दुर्घटना भवितव्य भएको बताए।

यसकारण एमालेको दोस्रो विधान अधिवेशन स्थल गोदावरी जाने मुख्य सडक अवरुद्ध भएपछि कार्यक्रम एक घण्टा ढिला शुरु भएको हो।

हाल बालिकाको उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077