Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेपाल रि–इन्स्योरेन्सको अध्यक्षमा पौडेल नियुक्त

नेपाल रि–इन्स्योरेन्सको अध्यक्षमा पौडेल नियुक्त

शुक्रवार , भाद्र २०, २०८२

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल रि–इन्स्योरेन्स कम्पनीको अध्यक्षमा चार्टर्ड एकाउन्टेन्ट सुरेन्द्र पौडेल नियुक्त भएका छन् ।

अर्थ मन्त्रालयले बराहक्षेत्र नगरपालिका–७, सुनसरीका पौडेललाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।

पौडेलले यसअघि नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक र उदयपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकको जिम्मेवारी सम्हालिसकेका छन् ।

उदयपुर सिमेन्टमा दुई वर्षे कार्यकाल पूरा गर्दा उनले उद्योगलाई २५ वर्षपछि पहिलो पटक नाफामा ल्याएका थिए ।

अब नेपाल रि–इन्स्योरेन्समा नेतृत्व सम्हालेका पौडेलको प्रमुख चुनौती भने पुँजी वृद्धि रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077