Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

आगलागीबाट २ करोडको क्षति, आगो निभाउने क्रममा घरधनी घाइते

आगलागीबाट २ करोडको क्षति, आगो निभाउने क्रममा घरधनी घाइते

शुक्रवार , भाद्र २०, २०८२

काठमाडौं । मकवानपुरमा आगलागी हुँदै झन्डै २ करोड बराबरको क्षति भएको छ ।

मकवानपुरको बकैया गाउँपालिका-५ गरगरे स्थित लिलाराम जिम्बाको किराना पसलमा शुक्रबार बिहान आगलागी भएको हो ।

घर अगाडि बालेको दियोमा अचानक पेट्रोलको ड्रम पल्टिएर आगलागी हुँदा दुई तल्ले पक्की घर, नगद १५ लाख, ३० थान ग्यास सिलिन्डर, २ वटा मोटरसाइकल, खाद्यान्न, अन्नपात, लत्ता कपडा, फर्निचर लगायत सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय फापरबारी, प्रहरी चौकी हात्तिसुँडे र अस्थायी प्रहरी पोष्ट गरगरेबाट खटिएको हेटौंडा प्रहरी र दमकलको सहयोगमा २ घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यस्तै आगो निभाउने क्रममा घरधनी ४५ वर्षीय लिलाराम जिम्बा घाइते भएका छन् । उनलाई थप उपचारका लागि हेटौंडाबाट काठमाडौंको कीर्तिपुरस्थित अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077