Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिइयोस् : रास्वपा

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिइयोस् : रास्वपा

शुक्रवार , भाद्र २०, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारसँग फेसबुकलगायत सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल लिन माग गरेको छ।

सरकारको निर्णयप्रति आपत्ति जनाउँदै रास्वपाले शुक्रबार विज्ञप्ति जारी गरेको हो।

रास्वपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ- 'सामाजिक सञ्जाललाई एकैपटक बन्द गर्नु नागरिक अधिकारको प्रत्यक्ष उल्लङ्घन मात्र नभई लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्था विपरीत कदम हो। लोकतन्त्रमा समस्या समाधान गर्ने बाटो नियमन, पारदर्शिता र कानुनी प्रक्रिया होस सम्पूर्ण सञ्चार माध्यम नै बन्द गर्नु होइन। सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिइयोस्।'

मन्त्रिपरिषद्को गत भदौ ९ गतेको बैठकले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम फेसबुक, युट्युब, इन्स्टाग्राम, एक्सलगायत सामाजिक सञ्जाललाई दर्ता गर्न दिएको सात दिनको समयसीमा बुधबार मध्यराति सकिएको थियो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बिहीबार बसेको मन्त्रिस्तरीय निर्णयले कानुनबमोजिम सामाजिक सञ्जालहरू दर्ता प्रक्रियामा नआएको भन्दै हिजोमात्रै बन्द गर्ने निर्णय गरेको थियो ।

सरकारले नेपालमा दर्ता हुन नमानेका फेसबुक, एक्सलगायत २६ सामाजिक सञ्जाल बिहीबारदेखि बन्द गराएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077