Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

दर्ता प्रक्रियाका लागि फेसबुकपछि एक्स पनि सम्पर्कमा आयो

दर्ता प्रक्रियाका लागि फेसबुकपछि एक्स पनि सम्पर्कमा आयो

शुक्रवार , भाद्र २०, २०८२

काठमाडौं । नेपाल सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय सार्वजनिक गरेसँगै ठूला प्राविधिक कम्पनीहरू सरकारसँग सम्पर्कमा आउन थालेका छन् ।

बिहीबार मन्त्रिपरिषद्को निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २६ वटा प्लेटफर्म नेपालमा बन्द गर्ने घोषणा गरेको थियो । निर्णयपछि केही घण्टामै मेटाका प्रतिनिधिले मन्त्रालयसँग दर्ता प्रक्रियाबारे जानकारी लिन खोजेका थिए ।

मन्त्रालय स्रोतका अनुसार एक्स (ट्विटर) ले पनि नेपाल सरकारसँग सम्पर्क गरी दर्ता प्रक्रियामा अघि बढ्ने इच्छा व्यक्त गरेको छ ।

यसबीच दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले सरकारको निर्देशनअनुसार सञ्जालहरू बन्द गर्न थालेका छन् । हाल धेरै प्रयोगकर्ताले फेसबुक, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएपजस्ता लोकप्रिय सञ्जालमा पहुँच पाउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077