Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

मेटाले माग्यो कम्पनी दर्ता गर्न आवश्यक कागजात

मेटाले माग्यो कम्पनी दर्ता गर्न आवश्यक कागजात

बिहिवार , भाद्र १९, २०८२

काठमाडौं । फेसबुक सञ्चालक कम्पनी मेटाले नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ ।

आज मात्र सरकारले नेपालमा दर्ता नभएका सञ्जाल बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएपछि सिंगापुरबाट मेटा कम्पनीका प्रतिनिधि सञ्चार मन्त्रालयको सम्पर्कमा आएका हुन् ।

उनले दर्ताका लागि के कस्ता प्रक्रिया छन् भनेर सोधीखोजी गरेपछि मन्त्रालयले आवश्यक पर्ने विवरण इमेलमार्फत पठाइसकेको प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिए ।

सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार सिंगापुरमा रहेको मेटा कम्पनीका प्रतिनिधिले शुक्रवार अनौपचारिक रूपमा सम्पर्क गरेका थिए । उनले मन्त्री पृथ्वी सुब्बा गुरुङका सल्लाहकार शालिग्राम पराजुलीलाई मेटा कम्पनीका अधिकारीहरूले सरकारको निर्णय बारे सोधेका थिए भने नेपालको विद्यमान कानुन अनुसार के के कागजपत्र चाहिन्छ भनेर जिज्ञाशा राखेका थिए ।

उनका अनुसार नेपालमा दर्ता नभएका २६ सामाजिक सञ्चालन र ओटीटी प्लेटफर्म कम्पनीहरू दर्ता लगत्तै सञ्चालन गन्नुभन्ने निर्देशन मन्त्रालयबाट दूरसञ्चार प्राधिकरणलाइ दिइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077