Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि बालेनको व्यंग्य - भोलिबाट सपनामै भेट होला

सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि बालेनको व्यंग्य - भोलिबाट सपनामै भेट होला

बिहिवार , भाद्र १९, २०८२

काठमाडौं । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि काठमाडौं महानगरका मेयर बालेन शाहले आफ्नो शैलीमा प्रहार गरेका छन् ।

सामाजिक सञ्जालमा सक्रिय रहँदै आएका मेयर शाहले सरकारी निर्णयको प्रतिकार गर्दै कवितात्मक शैलीमा व्यंग्य गरेका हुन् ।

जसले स्वतन्त्र अभिव्यक्तिमाथि कुठाराघात गर्ने निर्णयप्रति कडा व्यंग्य प्रस्तुत गरे । उनले भोलिबाट सपनामै भेट होला भन्दै कविता लेखेका छन् ।
उनले लेखेका छन्, 'भोलिबाट सपनामै भेट होला, बाटोमा ढाट लागेपछि । घरबाट निस्किए, मनमा एक हौँला, घमण्डको माझ परेपछि । तिमी सम्झ मात्र मलाई, रातमा आइदिन्छु । हामीबीच संसार आउन सक्दैन, हात समाइदिन्छु ।

सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि अहिले पक्ष र विपक्षमा वहस भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077